पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

एजेन्सी : पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

बाढी र पहिरोका कारण पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढीले छ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँको उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको छ ।

यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको अधिकारीहरुले बताइएको छ ।