नेप्से २७.९२ अंकले ओरालो बाटोमा, १ अर्ब ८७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन पनि नेप्से सूचक ओरालो बाटो पछ्याएको छ ।

यस दिन नेप्से सूचक २७.९२ अंकले घटेर २ हजार १०.०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ ।

आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । यस दिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।

आज सबैभन्दा बढी  म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *