राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा बस्दै
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज धुम्बाराहीमा बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बस्न लागेको हो ।
बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षालगाएतका छलफल हुनेछ ।
