मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा जानुहुँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा जान लाग्नु भएको छ ।

तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’को विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा जान लाग्नु भएको हो ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उदघाटन तथा निरीक्षण गर्नु हुने कार्यक्रम रहेको छ ।

पोखरालगायतका आसपास क्षेत्रका गुरुङ समुदायले हरेक वर्ष ट्होटें पर्व धूमधामका साथ मनाउँदै आएको छ ।