नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउँदैमा आक्रोशित हुन जरूरी छैन : महामन्त्री गगन थापा

ललितपुर : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउँदैमा आक्रोशित हुन जरूरी नभएकाे बताउनुभएकाे छ ।
ललितपुरमा जारी कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुग्नुभएका थापाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गर्नुभएकाे भन्दै यसमा आक्रोश व्यक्त गर्न जरूरी नभएकाे बताउनुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाउनुभएकाे थियाे ।
उहाँले राष्ट्रपतिले पठाउनुभएकाे सूचना र टिप्पणीलाई पार्टीभित्र छलफल गर्न बाँकी रहेको बताउनुभएकाे छ ।