सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु
एजेन्सी : सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु भएको छ ।
सुडानको उत्तरी कोरदोफान राज्यलगाएतका स्थानमा बाढीका कारण ५२ जनाको मृत्यु हुनाका साथै दुई सय १९ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ ।
सुडानका रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएकाेले बाढी आएर पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको जनाएको छ ।
सुडान सरकारले अहिले प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । भने थप सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरिएको छ ।
