सेयर बजारको छैठौं दिन उछाल, २ अर्ब ४३ करोडको कारोबार
काठमाडौं : लगातार घटेको सेयर बजार सोमबार उकालो लगेको छ । आज नेप्से ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा उक्लिएर बजार रोकिएको छ । उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स ११.२३ अंकले बढेको छ ।
सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।
सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी र रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
