इजरायलले कृषिमा थप हजार नेपाली कामदार लैजाने

काठमाडौं : इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच भेटवार्तामा कामदार लैजाने बारे छलफल भएको हो ।

राजदूत गोदेर र मन्त्री कुँवरबीच दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।

छलफलमा राजदूत गोदेरले इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए ।

त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।

राजदूत गोदेरले आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे ।

मन्त्री कुँवरले श्रम मन्त्रालयले विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनःएकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका तर्फबाट लगानीकर्तालाई सहयोग गरिदिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *