ढाेकाले च्यापेर पाँच वर्षे बालिकाे मृत्युु

भक्तपुर : मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली स्थित तिलकप्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट पल्टदा एक जना बालिकाको मृत्यु भएको छ।

पाहुना आएकी नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालको छोरी वर्ष ५ की श्रीसिजा अर्यालको मृत्यु भएको हो।

गेटको ढोकाले किच्दा बालिका गम्भीर घाइते भएकी थिइन्। घाइते बालिकालाई उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगेकोमा उपचारको क्रममा साँंझ मृत्यु भएको भक्तपुर प्रहरी परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए  ।

घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *