प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं : मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ ।
आयोगको कार्यतालिका अनुसार दल दर्ताको समय आज सकिन लागेको हो । आयोगले निर्वाचनका लागि साउन १९ गतेवाट दल दर्ता सुरु गरेको थियो ।
निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । सत्तारुढ नेपाली कांग्रेस लगायत दलले आज दल दर्ताको तयारी गरेका छन् ।
दल दर्ता गर्नका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेश गर्नुपर्छ ।
आयोगले मंसिर चार गते हुने निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।
