बुटवलको एक होटलमा मृत भेटिए महिला र पुरूष

बुटवल बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिएका छन् ।

बुटवलको फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए । पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए भने महिला खाटमा पल्टिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पुरूषको घर धादिङ हो भने महिलाको घर दाङ हो ।

उनिहरुको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।