बैतडीमा बँदेललाई थापेको पासोमा चितुवा फस्याे
बैतडी : बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ ।
दशरथचन्दनगरपालिका–४ बिनासौंमा जंगली बँदेलले मकै खाएर हैरान गरेपछि स्थानीयले बँदेलका लागि मकैबारीमा पासो थाप्दा चितुवा परेको हो ।
वन डिभिजन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार आज बिहान हेर्न जाँदा स्थानीयले चितुवा पासोमा परेको देखेका हुन् ।
चितुवाको ढाडमा पासो परेपछि स्थानीयले उद्धारका लागि महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीलाई खबर गरेका छन् ।
