उपत्यकामा एकैदिन ३१ सय ८७ सवारी चालकमाथि कारवाही
काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालक कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरी महासाखाका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
