फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ नेपाली बजारमा

काठमाडौं : आइएमएस ग्रुपले फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’लाई नेपाली बजारमा ल्याएको छ ।

पाराकिटो उच्च–गुणस्तर टेकनोलोजी युक्त्त लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट मानिसहरुलाइ जोगाउँछ ।

पाराकिटो पानी र पसिना प्रतिरोधी, दिर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित हो । त्यसैले यस्ले विशेष गरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई पूर्ण सुरक्षित बनाउछ ।

पाराकिटोलाई बाहिर खेल्न, रमाईलो गर्ने बच्चाहरूका लागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू र पारिवारिक पिकनिकमा पनि लान सकिन्छ ।

पाराकिटो आइएमएस लिटल स्माइलस शोरुमहरू, दरबार मल, दरबार मार्ग, सिटी सेन्टरलगाएतमा उपलब्ध छ । स्मार्ट डोको अनलाइनले पाराकिटोका उत्पादनहरू ७७ जिल्लामा पुर्याउँछ ।

आइएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’को एकमात्र राष्ट्रिय वितरक हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *