सिंहदरबारमा आजदेखि ग्यास सिलिन्डर प्रतिबन्ध
काठमाडौं : बुधबारदेखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ ।
गत जेठ १५ गतेको बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए ।
सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य रूपमा विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।
बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयको आदेश छ ।
