सालकको खपटासहित एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रहरीले सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्री गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले तामाङमाथि थप अनुसन्धान अघि बढाएको छ ।