रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु, १ जना घाइते
रौतहट : रौतहटमा बसले अटोलाई ठक्कर दिंदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिंदा ३ जनाको मृत्यु भएको हो ।
काठमाडौंबाट जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबाट विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे ४ बजे दुर्घटना भएका हुन् ।
दुर्घटनामा घाइते भएका अटोमा सवार ४ जना मध्ये ३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटना भएका बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
