अफगानिस्तानमा एक मस्जिदमा विस्फोट, ३५ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको काबुल शहरमा एउटा मस्जिदमा भयंकर विस्फोट भएको छ ।

बुधबार साँझ एक मस्जिदमा प्रार्थना गरिरहेका बेला काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा शक्तिशाली विस्फोट भएको हो ।

विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । अस्पताल भर्ना गरिएकाहरुमा पाँच जना बालक समेत रहेका छन् ।

विस्फोटबाट मस्जिद आसपासका घरका झ्यालहरु समेत चर्किएको बताइएको छ । विस्फोटबाट नजिकैका भवन भत्किएको बताइएको छ ।

गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएका छैनन् ।