कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्याको दर वृद्धि

एजेन्सी कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्याको दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ ।
सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्म हत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताहरूले जनाएको छ । अनुसन्धाताहरूले कोभिड महामारीपूर्वको सोही अवधिको तुलनामा यो सङ्ख्या अत्यधिक भएको बताएको हो ।
अनुसन्धान अनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० बर्ष उमेर समूहका युवती भएको पाइएको छ । कोभिडका कारण २० बर्षभन्दा मूनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ ।
उक्त अवधिमा महिला र पुरूष गरी एक हजार ८३७ जनाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए ।
महामारीका कारण भएका भनिएका ३७७ आत्महत्या मध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् ।
टोकियो विश्वविद्यालयका सह–प्राध्यापक ताइसुके नाकाताका अनुसार पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुने भएकोले आत्महत्याको दर बढ्नुको प्रमुख कारण आर्थिक कठिनाइ रहेको अनुमान गरिएको छ ।
ओसाका विश्वविद्यालयका प्राध्यापक फुमियो ओटाकेले आत्महत्याको संख्याजस्ता तथ्याङ्कलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति परिवर्तन गर्न आग्रह गर्नुभयो ।
जापानमा सन् २०१० देखि हरेक वर्ष आत्महत्याका घटनामा कमी आएको थियो । तर सन् २०२० देखि वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।