एनएमबि बैंकको ‘एनएमबि स्मार्ट नारी बचत खाता’

काठमाडौं : एनएमबि बैंकले नारीहरुका लागीे विशेष ‘एनएमबि स्मार्ट नारी बचत खाता’ ल्याएको छ ।

बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत
योजना अन्तरगत ‘एनएमबि स्मार्ट नारी बचत खाता’ ल्याएको हो ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन
बैंकले यस योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल÷स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यासब्याक पाउन सक्नेछन् ।

त्यसैगरी ग्राहकले नि शुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन
काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *