हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

एजेन्सी : हाइटी भूकम्पको एक वर्षपछि पनि त्यहाँका करिव दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ एक वर्षअघि शक्तिसाली भूकम्पका कारण विद्यालय भवन भत्किएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैंसम्म लाग्नसक्ने भएकोले बालबालिकाहरु विद्यालय जान बाट बन्चित भएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसङ्घीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका अनुसार बालकोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।

राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ ।

सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।