थप ६२३ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय २१ जनाले पिसिआर र तीन हजार तीन सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

गत २४ घण्टामा १० हजार नौ सय ९० जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । यही अवधिमा चार सय ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २४ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *