बैतडीका युवायुवती मृत अवस्थामा फेला

बैतडी : बैतडीमा एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जनाएको छ ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक दुवैजना प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *