सप्तरीमा २४० केजी गाँजा बरामद
सप्तरी : सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरीको सक्रियतामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजबाट आइतबार २४० केजी गाँजा बरामद गरेको हो ।
अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल ६ न.गणपति प्रदिप खडकाले जानकारी दिए ।
पछिल्लो समय प्रदेश न. १ को सुनसरी र प्रदेश न.२ को सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेकोले सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलो परिमाणमा गाँजा बरामद भएको हो ।