एक किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार उनी फ्लाई दुबईको उडानबाट काठमाडौं आएका थिए । उनलाई शनिबार आगमन गेटबाट पक्राउ गरेको हो ।
उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट सुनको चार वटा बेलनाकारको पोका निस्किएकोे प्रहरीले जनाएको छ ।
राहुल रेमानान माथि प्रहरीले अनुसन्धान गरिएको जनाएको छ ।