बिक्रीचाप बढेपछि नेप्से सामान्य ओरालो लाग्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उतारचढापकाबीच सामान्य अंक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ७.७२ अंक घटेर २०६०.५५ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.४९ अंक घटेको छ ।

यस दिन २१८ स्टकको ४३ हजार ४५५ पटकको कारोबारमा २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको ५३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबारको अधिकांश समय सकारात्मक बनेको बजार बिक्रीचाप बढेकाले नेप्से ओरालो लागेको हो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *