दमकमा ग्रील व्यवसायजन्य मजदुरलाई सुरक्षा सम्बन्धी तालिम
झापा : ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ केन्द्रको सहकार्यमा दमकमा ग्रील व्यवसायजन्य मजदुरलाई सुरक्षा सम्बन्धी तालिम दिइएको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ दमक इकाई समिति भित्र रहेका ग्रील उद्योगी र ग्रील श्रमिकलाई लक्षित गरि ३ दिवसीय तालिम सञ्चालन गरिएको हो ।
दमक नगरपालिकाका मेयर राम थापाले दमक नगर भित्र सञ्चालित ग्रील उद्योगलाई व्यवस्थित गरि सुरक्षित एव्म वातावरण मैत्री उद्योग सञ्चालन गर्न यस तालिमले मद्धत पुग्ने बताउनु भयो ।
उहाँले दमक नगरपालिका भित्र अवैध रुपले सञ्चालित ग्रील उद्योगलाइ सहज किसिमले कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ग्रील उद्योगी र मेट्ल फेबृकेटर्सलाई निरुत्साहित गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई प्रसाइले ठुलो संख्यामा रोजगारी दिदैआइरहेको नगरपालिका भित्रका ग्रील उद्योगीका समस्याहरु समाधान गरि व्यवस्थित उद्योग सञ्चालन गर्ने वातावरण सृजना गर्न दमक नगरपालिकाले सहयोग गर्ने बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथी ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी ज्ञान नहुदा बर्सेनी अकालमा ज्यान गुमाउने अंङ भंङ हुनेको सख्या बढिरहेको बेला यस्तो तालिमले दुर्घटना न्युनिकरण गर्न मद्दत मिल्नुका साथै उद्योगलाई व्यवस्थित बनाउन, कार्यस्थल सुरक्षीत बनाउन टेवा पुग्ने बताइन् ।
संघका पुर्व उपाध्यक्ष नवीन सेडाइले नगरपालिका भित्रका व्यवसायी र मजदुरको डाटा राख्ने, अवैध व्यवसायी र मेटल फेबृकेटर्सहरुलाइ कानुनी दायरामा ल्याउन सहयोग पुग्ने बताउनु भयो ।
तालिममा २५ जनाले सहभागिता जनाएका थिए भने उक्त तालिम ३ दिन सञ्चालन हुनेछ ।
