नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने ओरालो

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सामान्य सुधार भएको छ । यस दिन नेप्से १.८५ अंक ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।

यस दिन कारोबार रकम भने ओरालो लागेको छ । मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।

दिनभर बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *