सप्तरीबाट पेस्तोल र गोली बरामद

सप्तरी : सप्तरीबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो ।

प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *