पुन: ओलालो लाग्यो शेयर बजार

काठमाडौं : अघिल्ला दुई कारोबार नेप्से झिनो अंकले बढेको नेप्से बिहीबार पुन घटेको छ ।

यस दिन नेप्से १८.३० अंक घटेर २०३९.५४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.७८ अंक घटेको छ ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ५२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१९ स्टकको ३२ हजार ९४६ पटकको कारोबारमा १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको ४२ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बजार ओरालो लागेपनि यस दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२० प्रतिशत घटेको छ ।