एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा बस्दै
काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । बैठक ११ बजे बस्न लागेको हो ।
बैठकका लागि एमालेले ११ वटा कार्यसूची तय गरेको छ ।
आजको पेश हुने कार्यसूची, पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत छन् ।
यस्तै आज सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्तावहरु रहेका छन् ।
यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो ।
