कञ्चनपुरमा दुई वर्षीया बालिका मृत फेला

कञ्चनपुर : कञ्चनपुरको महाकाली सिँचाइको शाखा नहरमा दुई वर्षीया बालिका मृत फेला परेकी छन् ।
भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताउनुभयो ।

बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *