दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं : साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से १६.९३ अंकले घटेर दुई हजार २२.६२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज पञ्चकन्यामाइ हाइड्रोपावर र कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *