भर्ने होइन त आईपिओ ? खप्तड लघुवित्तमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ ८ गतेदेखि आईपिओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तेह्र सय २० कित्तासम्म आवेदन दिन सक्नेछन ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।