नेवा: समुदायको आस्थामाथि चोट पुर्याउने कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी नियन्त्रणमा

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गर्ने कमेडियन अपूर्व क्षितिज सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार नियन्त्रणमा लिएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराका अनुसार कमेडियन सिंह बिरुद्ध जाहेरी परेपछि नियन्त्रणमा लिएको हो । जाहेरी अनुसार प्रहरीले अनुसन्धान अघि बढाउने जनाएको छ ।

नेवा: समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका थिए ।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा नेवा: समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् ।

उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *