ओरालो लाग्याे सेयर बजार, २ अर्ब भन्दा बढीकाे कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । ओरालो लागेपछि नेप्से परिसूचक दुई हजार भन्दा तल झरेको छ ।
आइतबार बजार परिसूचक ३३.३६ अंकले ओरालो लागेर १९८९.२६ अंकमा बन्द भएको छ । उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स ६.०५ अंकले तल झरेको छ । आज नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ ।
नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।