झापा हात्ती आएको सूचना साइरन जडित मेसिनले दिने

झापा : झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन जडान गरिएको छ ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनमा व्याट्री, प्यानल बक्स, तार जडान गरिएकोले मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।

उज्यालो नेपालका पूर्वध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गर्नुभएको र हात्ती आउँदा बजेको सो मेसिनको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।

साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ, त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् ।