विधायन व्यवस्थापन समितिको बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफल हुने

काठमाडौं : राष्ट्रिय सभाबाट फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय सभाले पठाएको नेपाली नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ ।

राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ ।

समितिमा रहेका १५ सांसदमध्ये सत्ता गठबन्धनमा रहेका दलहरूका १० सांसद छन् । एमालेबाट ४ र १ जना स्वतन्त्र छन् ।

समितिले विधेयकलाई हुबहु पारित गरेर संसदमा लैजाने तयारी गरेको छ ।