अवैध लागूऔषधसहित म्हेपीबाट दुई जना पक्राउ

काठमाडौं : काठमाडौंको म्हैपीबाट अवैध लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझी समेत दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।