कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गरिने
काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
नेवा समुदायको खाना, भाषा, र कला संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए ।
अभियन्ताहरूको जाहेरी पश्चात आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पु¥याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।
