कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु

धनगढी : कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ ।

गाउँ पसेको हात्तीका बथानलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको मृत्यु भएको हो ।

हात्तीका बथान गाउँ पसेपछि धपाउन गएकी उनको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।