उत्तार चढापका बीच नेप्सेमा सामान्य सुधार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से २.१९ अंकले वृद्धि भएर १९९५.२१ अंकमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.४९ अंकले बढेको छ ।

नेप्सेमा सामान्य सुधार हुँदा उपसूचकमा भने घटबढ देखिएको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ ।

मंगलबार बजारमा २९ लाख १४ हजार ५०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड ९५ लाख १७ हजारको कारोबार भएको छ ।

मंगलबार कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०५ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अपरे हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले वृद्धि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *