जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

झापा : झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

प्रहरीले हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।