काठमाडौँ एमालेले प्रतिनिधिसभाका उम्मेदवार आकांक्षीको नाम आज सिफारिस गर्दै
काठमाडौँ । नेकपा (एमाले)ले आज १० वटै निर्वाचन क्षेत्रबाट आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि संघीय सांसद्का लागि उम्मेदवार छनोटका लागि नामावली पठाउने तयारी गरेको छ । १० वटै निर्वाचन क्षेत्रका क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक आज अपरान्ह १ बजे बस्ने तय भएको एमाले काठमाडौँ जिल्ला कमिटीले जानकारी दिएको छ । बैठकबाट १० वटै निर्वाचन क्षेत्रबाट आकांक्षी उम्मेदवारको नाम माथिल्लो कमिटीलाई पटाउने गरी बैठक तय भएको एमालेले जानकारी दिएको हो । प्रदेश सांसदका लागि भने १७ गते बैठक बस्ने तयारी छ ।
