उपत्यकामा एकैदिन पैतीस सय सवारी चालक कारवाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालक कारवाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार ट्राफिक नियम उल्लङ्घन गरेका कारण विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालकलाई कारवाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।
यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, ठिक अवस्था नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
