डेङ्गुबाट बच्ने अभियान लिएर काठमाडौँकी उपमेयर डंगोल घरदैलोमा

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको संक्रमण अहिले मुलुकभरी नै फैलिदोँ क्रममा छ । मुख्य गरेर काठमाडौँ र उपत्यकामा पनि यो रोग महामारीकै रुपमा फैदिदैँ आएको छ । यसरी यो रोग फैलिन थालेसँगै काठमाडौँ महानगरपालिकाले डेङ्गुबाट सचेत रहन महानगरवासीलाई आग्रह गर्दै जनचेतनामुलुक अभियानको सुरुवात गरेको छ ।

आज काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहितको उपस्थितिमा वडा–२१ ले जनचेतनामुलुक अभियानका लागि र्यालीको आयोजना गर्याे । वडा–२१ का विभिन्न स्थानमा गरिएको सो कार्यक्रममा उपमेयर डंगोलले डेङ्गु रोगसँग सम्बन्धित जनचेतनामुलक प्रचार सामग्री वितरण गर्दै सचेत रहन आग्रह गर्नुभयो । ‘पछिल्लो समय डेङ्गुले महामारीको रुप लिदैँ आएको छ,’ र्याली कार्यक्रममै संक्षिप्त कुराकानी गर्दै डंगोलले भन्नुभयो, ‘पछिल्लो समय महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य स्वयमसेविका र स्थानीयहरुको सहभागितामा जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ । कतिपय अवस्थामा डेङ्गु भएर पनि थाहा नहुने अवस्था हुन्छ । त्यसैले हामीले डेङ्गु के–हो ? यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी दिने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गरेका हौँ ।’

उहाँले सबै महानगरवासीलाई सचेत रहनका लागि पनि आग्रह गर्नुभयो । ‘हामीलाई जानकारी भएसम्म सामान्यतया यो रोग गर्मी मौसममा बढी हुन्छ,’ उहाँले भन्नुभयो, ‘पानीमा बस्ने लामखुट्टेको टोकाईबाट यो रोग सर्ने कुरा स्वास्थ्यविद्हरुले बताउँदै आउनु भएको छ । त्यसैले यसको टोकाइबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा देखिने लामखुट्टे नष्ट गर्ने विधि अपनाउनुपर्छ ।’

उहाँले महानगरवासीलाई सकेसम्म सरीर पूरा ढाकिने गरी कपडा लगाउन, पानी राख्ने भाडाहरु जस्तै पानी ट्याङ्की, गाग्री, दहीको कतौरा, बाल्टिन, ड्रम आदि सँधैं छोपेर राख्न र लामखट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन खाल्डा—खुल्डी पुर्न, घर आँगन सफा राख्न आग्रह पनि गर्नुभयो ।’ कार्यक्रममा बागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्य, पूर्वमेयर विद्यासुन्दर शाक्य, वडा–२१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यलगायतको पनि सहभागिता रहेको थियो ।

स्वास्थ्यविद्हरुका अनुसार यो लामखुट्टेले सफा पानीमा फुल पार्ने हुनाले लामो समयसम्म एउटै ठाउँमा पानी जम्मा गरेर राख्नु हुँदैन । पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, पुराना बट्टा खाल्डो खनेर नष्ट गर्नुपर्छ । गमला फूलदानी एअर कुलर जस्ता पानी जम्ने सामाग्रीको पानी हप्तामा एक पटक नियमित रुपमा सुख्खा हुने गरी सफा गर्नुृपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *