सेयर बजारमा झिनो अंकको गिरावट, १ अर्ब ३८ करोडको कारोबार

काठमाडौं : बिहीबार सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । आज नेप्से १.०८ अंकले घटेर १९सय ७२.३० अंकमा पुगेर रोकिएको छ । उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले घटेको छ ।

बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ, व्यापार, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी उपसमूहको मूल्य घटेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

राप्ती हाइड्रो सबैभन्दा बढी ४.३८ प्रतिशतले घटेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *