इजरायली सेनाबीच झडप हुँदा २ प्यालेस्टाइनको मृत्यु

एजेन्सी : इजरायलले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टिनी र इजरायली सेनाबीच विहीबार झडप भएको छ ।

उक्त झडपमा दुई प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झडपका क्रममा नाब्लसको अल–ऐन शिविरका २५ वर्षीय समेर खालेदको घाँटीमा गोली लागेकाे थियाे भने जेरुसेलम बाहिर कलान्डिया क्याम्पका २६ वर्षीय याजान अफानाको छातीमा गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *