मूल्य समायाेजनमा अटेरी निगम, फेरि बढायाे इन्धनकाे मूल्य

काठमाडौंः नेपाल आयल निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे छ ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएकाे हाे ।

निगमले बढाएको मूल्य अनुसार अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । निगमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखेको छ ।

 

इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले भारतले बढेको मुल्य पठाउनसाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *