बुद्धनगरमा भेटिएका मृतककाे ब्यागमा भेटियो सुसाइड नोट
काठमाडौं : काठमाडौंको बानेश्वरस्थित बुद्धनगरमा दुई मृत शव फेला परेको छ । उक्त शव जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मध्यबानेश्वरस्थित पाठशाला विद्यालयमा अध्ययनरत किशोर तथा किशोरीको रहेको पुष्टी गरेका छन् ।
बुधबार साँझ ५ बजेतिर उनीहरुले निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।
किशोरकिशोरीका उमेर अन्दाजी १३ र १४ वर्षका छन् ।
प्रहरीले घटनास्थलमा उनीहरुको झोलाबाट सुसाइड नोट समेत फेला पारेका छन् । साथै आसपासका सीसी क्यामराका फुटेजहरु पनि संकलन गरिरहेको छ ।
प्रहरीले घटनाको विस्तृत जानकारीबारे अनुसन्धान गरिरहेको जनाएकाे छ ।
